एमाले केन्द्रीय सदस्यमा मनोनित विष्ट माओवादी केन्द्रमै फर्किए « Khabarhub

एमाले केन्द्रीय सदस्यमा मनोनित विष्ट माओवादी केन्द्रमै फर्किए


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले केन्द्रीय सदस्यमा मनोनित कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किएका छन् ।

माओवादी केन्द्रको स्थायी समितिले एमालेमा लागेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न २४ घण्टे अल्टिमेटम दिएलगत्तै विष्ट माओवादी केन्द्रमा फर्किएका हुन् ।

आइतबार काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवासमा पुगेर विष्ट माओवादीमै फर्किएको माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले पुष्टि गरे ।

उनी आइतबार कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मासँग प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले केन्द्रीय सदस्यमा कर्णालीका दुई जना माओवादी केन्द्रका प्रदेशसभा सदस्यलाई केन्द्रीय समितिमा मनोनयन गरेका थिए।

अर्का माओवादी केन्द्रका प्रदेश सांसद दैलेखका धर्मराज रेग्मी कर्णाली प्रदेशको एमाले सचिवसमेत नियुक्त भएका थिए।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : २५ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग