एमाले केन्द्रीय सदस्यमा मनोनित विष्ट माओवादी केन्द्रमै फर्किए « Khabarhub

एमाले केन्द्रीय सदस्यमा मनोनित विष्ट माओवादी केन्द्रमै फर्किए


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले केन्द्रीय सदस्यमा मनोनित कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किएका छन् ।

माओवादी केन्द्रको स्थायी समितिले एमालेमा लागेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न २४ घण्टे अल्टिमेटम दिएलगत्तै विष्ट माओवादी केन्द्रमा फर्किएका हुन् ।

आइतबार काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवासमा पुगेर विष्ट माओवादीमै फर्किएको माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले पुष्टि गरे ।

उनी आइतबार कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मासँग प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले केन्द्रीय सदस्यमा कर्णालीका दुई जना माओवादी केन्द्रका प्रदेशसभा सदस्यलाई केन्द्रीय समितिमा मनोनयन गरेका थिए।

अर्का माओवादी केन्द्रका प्रदेश सांसद दैलेखका धर्मराज रेग्मी कर्णाली प्रदेशको एमाले सचिवसमेत नियुक्त भएका थिए।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : २५ बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री