पिउने पानीको आयातमा प्रतिबन्ध लगाउन सिफारिस « Khabarhub

पिउने पानीको आयातमा प्रतिबन्ध लगाउन सिफारिस


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पिउने पानीको आयातमा पूर्ण प्रतिबन्ध लगाउन संसदीय उपसमितिले सरकारलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको बजार अनुगमन उपसमितले तयार पारेको प्रतिवेदनमा विदेशबाट हुने पिउने पानीको आयातमा पूर्ण रोक लगाउन निर्देशन दिन सिफारिस गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदन समितिबाट अनुमोदन भइसकेको समिति बिमलप्रसाद श्रीवास्तबले जानकारी दिए ।

स्वदेशमै उच्च गुणस्तरको पानी उत्पादन हुने र आयात हुने गुणस्तरको पानी नेपालमै उत्पादनको वातावरण बनाउन यस्तो प्रतिबन्ध आवश्यक देखिएको अध्ययन उपसमितिका संयोजक प्रकाश रसाईली (स्नेही) को भनाइ छ ।

नेपालमा विदेशबाट बोतलको पानी आयत हुने गरेको अध्ययनमा क्रममा भेटिएको उनले बताए । नेपालमै हिमनदी, प्राकृतिक स्रोत, खनिज स्रोत लगायतबाट उत्पादन हुने पानी उपलब्ध रहेकाले पिउने पानी आयात गर्नु बाञ्छनीय नभएको समितिको प्रतिवेदनमा भनिएको छ ।

नेपालका पानी उत्पादकहरुलाई विदेशमा पिउने पानी निर्यात गर्न सहजीकरण गर्न पनि उपसमितिले सरकारलाई भनेको छ । विदेशमा पानी निर्यात गर्दा उत्पादन, भण्डारण र आपूर्ति प्रक्रियाको आईएसओ सर्टिफिकेट लिएर मात्रै गर्नुपर्ने पनि उपसमितिले भनेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा अमेरिका र यूरोपेलीसहितका मुलुकबाट २३ लाख रुपैयाँ भन्दा बढीको झण्डै ३५ हजार लिटर पिउने पानी आयात भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ९ : ४५ बजे

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो

चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान

चीन– नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर