नेपाली ट्याक्सी चालकमाथि दुर्व्यवहार गर्ने अमेरिकन महिला यसअघि पनि पटक–पटक पक्राउ परेको खुलासा « Khabarhub

नेपाली ट्याक्सी चालकमाथि दुर्व्यवहार गर्ने अमेरिकन महिला यसअघि पनि पटक–पटक पक्राउ परेको खुलासा


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली उबर (ट्याक्सी) चालक शोभाकर खड्कामाथि दुर्व्यहार गर्ने अमेरिकी महिला यसअघि पनि पटक-पटक पक्राउ परेको खुलासा भएको छ ।

नेपाली ट्याक्सी चालक खड्कामाथि दुर्व्यवहार गर्ने अर्ना किमाई सन् २०१५ मा एक पटक र २०२० मा दुईपटक पक्राउ परेको प्रहरी रेकर्डमा उल्लेख रहेको सान फ्रान्सिस्को प्रहरीले खुलासा गरेको अनलाइन मिडिया एचआईटीसीले जनाएको हो ।

चोरी तथा अरुको सामान जबर्जस्ती लिएको अभियोगमा प्रहरीले उनलाई यसअघि पनि पक्राउ गरेको उक्त समाचारमा जनाइएको छ ।

केही दिन अघि क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली चालक खड्कामाथि अर्ना किमाई र मलेसिया किङ नामका दुई युवतीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

खड्काले उनीहरुलाई माक्स लगाउन भनेको विषयमा ती महिलाले दुर्व्यहार गरेको थिए ।

दुर्व्यवहारको घटना सार्वजनिक भएपछि घटनामा संलग्न महिलालाई सान फ्रान्सिस्को प्रहरीले पक्राउ गरी दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरेको छ ।

गत मार्च ८ का दिन सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट खड्काले तीन यात्रुलाई ट्याक्सीमा चढाएका थिए। खड्काले ट्याक्सीमा चढेकी  एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक हमला समेत गरेका थिए। एक महिलाले खड्काको मोबाइलसमेत खोसेकी थिइन् ।

यात्रुले मास्क नलगाएपछि खड्काले विनम्रतापूर्वक आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १० : ०१ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।