नेपाली ट्याक्सी चालकमाथि दुर्व्यवहार गर्ने अमेरिकन महिला यसअघि पनि पटक–पटक पक्राउ परेको खुलासा « Khabarhub

नेपाली ट्याक्सी चालकमाथि दुर्व्यवहार गर्ने अमेरिकन महिला यसअघि पनि पटक–पटक पक्राउ परेको खुलासा


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली उबर (ट्याक्सी) चालक शोभाकर खड्कामाथि दुर्व्यहार गर्ने अमेरिकी महिला यसअघि पनि पटक-पटक पक्राउ परेको खुलासा भएको छ ।

नेपाली ट्याक्सी चालक खड्कामाथि दुर्व्यवहार गर्ने अर्ना किमाई सन् २०१५ मा एक पटक र २०२० मा दुईपटक पक्राउ परेको प्रहरी रेकर्डमा उल्लेख रहेको सान फ्रान्सिस्को प्रहरीले खुलासा गरेको अनलाइन मिडिया एचआईटीसीले जनाएको हो ।

चोरी तथा अरुको सामान जबर्जस्ती लिएको अभियोगमा प्रहरीले उनलाई यसअघि पनि पक्राउ गरेको उक्त समाचारमा जनाइएको छ ।

केही दिन अघि क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली चालक खड्कामाथि अर्ना किमाई र मलेसिया किङ नामका दुई युवतीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

खड्काले उनीहरुलाई माक्स लगाउन भनेको विषयमा ती महिलाले दुर्व्यहार गरेको थिए ।

दुर्व्यवहारको घटना सार्वजनिक भएपछि घटनामा संलग्न महिलालाई सान फ्रान्सिस्को प्रहरीले पक्राउ गरी दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरेको छ ।

गत मार्च ८ का दिन सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट खड्काले तीन यात्रुलाई ट्याक्सीमा चढाएका थिए। खड्काले ट्याक्सीमा चढेकी  एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक हमला समेत गरेका थिए। एक महिलाले खड्काको मोबाइलसमेत खोसेकी थिइन् ।

यात्रुले मास्क नलगाएपछि खड्काले विनम्रतापूर्वक आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १० : ०१ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी