एक प्रेरक प्रसङ्ग ‘प्रोत्साहन’ | Khabarhub Khabarhub

एक प्रेरक प्रसङ्ग ‘प्रोत्साहन’


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महाभारत युद्ध भइरहेको थियो । एकातिर अर्जुन थिए र उनका सारथी थिए श्रीकृष्ण । अर्कोतिर कर्ण थिए र सारथी थिए शल्य ।

कृष्णले कर्णको सारथी शल्यसँग भने— तिमी हाम्रो विरुद्धमा अवश्य लड, तर मेरो एउटा कुरा मान्नू । जब कर्णले प्रहार गर्छन् तब भन्नू— यो पनि कुनै प्रहार हो र ? तिमीलाई त प्रहार नै गर्न आउँदैन रहेछ । यही कुरा मात्रै दोहोर्‍याइ रहनू ।

सारथी शल्यले कृष्णको कुरा स्वीकार गरे ।

युद्ध आरम्भ भयो । कर्णको हरेक प्रहारमा शल्यले भन्थे— यो पनि कुनै प्रहार हो र ? तिमीलाई त प्रहार नै गर्न आउँदैन रहेछ ।

उता, अर्जुनको हरेक प्रहामा कृष्ण भन्थे— वाह, क्या प्रहार गर्‍यौ । वाह ! क्या निशाना साध्यौ ?

प्रत्येक पटक कर्ण हतोत्साहित हुन्थे । यसबाट कर्णको बल क्षीण हुँदै गयो । उनको शक्ति बिस्तारै घट्दै गयो र उनी शक्तिहीन भए ।

उता अर्जुनको शक्ति बढ्दै गयो र पाण्डव पहिलाभन्दा धेरै शक्तिशाली भए । त्यसैले प्रोत्साहन मनको लागि अमृत हो, जबकि हतोत्साहित मन पराजयको पहिलो भर्‍याङ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : २८ बजे

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल