एक प्रेरक प्रसङ्ग ‘प्रोत्साहन’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘प्रोत्साहन’


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महाभारत युद्ध भइरहेको थियो । एकातिर अर्जुन थिए र उनका सारथी थिए श्रीकृष्ण । अर्कोतिर कर्ण थिए र सारथी थिए शल्य ।

कृष्णले कर्णको सारथी शल्यसँग भने— तिमी हाम्रो विरुद्धमा अवश्य लड, तर मेरो एउटा कुरा मान्नू । जब कर्णले प्रहार गर्छन् तब भन्नू— यो पनि कुनै प्रहार हो र ? तिमीलाई त प्रहार नै गर्न आउँदैन रहेछ । यही कुरा मात्रै दोहोर्‍याइ रहनू ।

सारथी शल्यले कृष्णको कुरा स्वीकार गरे ।

युद्ध आरम्भ भयो । कर्णको हरेक प्रहारमा शल्यले भन्थे— यो पनि कुनै प्रहार हो र ? तिमीलाई त प्रहार नै गर्न आउँदैन रहेछ ।

उता, अर्जुनको हरेक प्रहामा कृष्ण भन्थे— वाह, क्या प्रहार गर्‍यौ । वाह ! क्या निशाना साध्यौ ?

प्रत्येक पटक कर्ण हतोत्साहित हुन्थे । यसबाट कर्णको बल क्षीण हुँदै गयो । उनको शक्ति बिस्तारै घट्दै गयो र उनी शक्तिहीन भए ।

उता अर्जुनको शक्ति बढ्दै गयो र पाण्डव पहिलाभन्दा धेरै शक्तिशाली भए । त्यसैले प्रोत्साहन मनको लागि अमृत हो, जबकि हतोत्साहित मन पराजयको पहिलो भर्‍याङ ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : २८ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष