प्रतिकूलताका बीच राष्ट्रिय आकांक्षा पूरा हुने उपराष्ट्रपतिको विश्वास « Khabarhub

प्रतिकूलताका बीच राष्ट्रिय आकांक्षा पूरा हुने उपराष्ट्रपतिको विश्वास


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताका बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै उनले देश–विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका लागि कामना गरेका छन् ।

उपराष्ट्रपतिले सन्देशमा भनेका छन्, “विसं २०७८ शुभारम्भसँगै हामीले २०७७ लाई बिदाइ गरेका छौँ । बितेका वर्ष हाम्रा लागि सुखद् रहन सकेन । विश्वव्यापी महामारी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी) बीच स्वागत गरिएको २०७७ सालभरि हामीले महामारीको असर भोगिरह्यौँ ।”

अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुगेको स्मरण गर्दै उपराष्ट्रपतिले महामारीकै कारण लाखौँलाख विद्यार्थीले विद्यालयको कक्षाकोठामा पुग्न नपाएको उल्लेख गरेका छन् ।

उपराष्ट्रपतिले सन्देशमा भनेका छन्, “बन्दाबन्दीबीच घरभित्रै रहेर २०७७ लाई स्वागत गर्दैगर्दा हाम्रो आशा र विश्वास थियो–२०७८ लाई हर्षोल्लासका साथ स्वागत गर्नेछौँ । हाम्रो अपेक्षाविपरीत २०७८ लाई स्वागत गर्दै गर्दा देशमा कोरोना भाइरसको दोस्रो लहर तीव्ररुपमा फैलिरहेको छ ।”

जस्तोसुकै प्रतिकूलता, कठिन परिस्थिति र पीडामा पनि मुस्कुराउन सक्ने हामी नेपालीको विशेषता भएको  स्पष्ट पार्दै उनले विषम परिस्थितिका बीच हाम्रो घरआँगनमा आइपुगेको नयाँ वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरुपमा पालना गरेर हर्षका साथ मनाउन आग्रह गरेका छन् ।

उपराष्ट्रपतिले कोरोना भाइरसको पहिलो लहरलाई जसरी नियन्त्रण गर्न सफल भयौँ, दोस्रो लहरलाई पनि अवश्य नियन्त्रण गर्ने उल्लेख गर्दै भनेका छन्, “नयाँ  वर्ष शुभारम्भको अवसरले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि सबै तहका सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सम्पूर्ण नेपालीलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : ३० बजे

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक