पर्यटन प्रवर्द्धन गर्न ‘इन्फिल्ड पोकर रन’ सञ्चालन « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न ‘इन्फिल्ड पोकर रन’ सञ्चालन


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले यस वर्षको ‘एघारौं इन्फिल्ड पोकर रन’ कार्यक्रम आयोजना गरेको छ ।

नेपालमा सन् २००९ मा नेपालमा शुरू भएको उक्त कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो ।

नेपाली नयाँ वर्षको पुर्व सन्धयामा आयोजना गरिएको उक्त कार्यक्रमको सोमबार नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले फल्याग अफ गरी शुभारम्भ गरे । फोकर रन काठमाडौँबाट पोखरासम्म हुनेछ ।

कार्यक्रममा बोल्दै डा. रेग्मीले कोभिडको कारण पर्यटन क्षेत्र प्रभावित भएपनि स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक पर्यटन चलायमान बनाउनु पर्ने बताए ।

उनले यस प्रकारका कार्यक्रमले पर्यटन व्यवसायमा उत्साह थप्नुकासाथै आन्तरिक पर्यटन चलायमान हुने बताए । “कोभिडको कारण अहिलेको परिस्थतीमा अन्तराष्ट्रिय पर्यटक आगमन कम हुनेहुँदा हामीले कुनै न कुनै रुपमा यस्ता कार्यक्रम गरेर कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन आवश्यक छ” उनले भने ।

वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डे काजीले पोकर रन जस्ता कार्यक्रमले युवाहरुलाई आर्कषित गरेको र यस प्रकारका कार्यक्रमले कोभिडको कारण थलिएको पर्यटन प्रर्वद्धन सहयोग पुग्ने बताए ।

आयोजक स्याक्रड समिट्सका अध्यक्ष रवि थापाले नेपाल मोटरसाइकल पर्यटनका रुपमा समेत विकास हुदै गईरहको सन्र्दभमा पोकर रनले पर्यटनको नयाँ प्रडक्ट विकास गरेको जानकार दिए ।

थापाका अनुसार अघिल्ला वर्षमा विदेशबाट पनि यात्रुहरु सहभागी भएपनि कोरोना संक्रमणको जोखिमका कारण सरकारले ठूलो भेला नगर्न भनेकाले यस वर्ष १ सय ५० जनालाई मात्र सहभागी गराइएको छ । फोकर रनमा गतवर्ष ४ सय जनासम्म सहभागी भएको थापाले जानकारी दिए ।

‘मोटरसाइकलमा लामो यात्रा गर्न रुचाउनेका लागि ‘पोकर रन’ सबैभन्दा उत्कृष्ट कार्यक्रम हो थापाले भने, मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउनेका लागि यो कार्यक्रम निकै राम्रो छ । विश्वका अन्य देशहरूमा पनि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना हुन्छ । कोभिडले थलिएको पर्यटनलाई यसले थोरै भएपनि चलायमान बनाउने छ ।’

यात्रुहरू सोमबार बिहान काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेका छन । साँझ पोखरामा नयाँ वर्षको सांस्कृतिक कार्यक्रम गरी दुई दिन पछि काठमाण्डौं फर्किन आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : ५७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र