निफमा तीन नेपाली फिल्म प्रतिष्पर्धी « Khabarhub

निफमा तीन नेपाली फिल्म प्रतिष्पर्धी


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही वैशाख २३ गतेदेखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१’मा तीन नेपाली फिल्म प्रतिष्पर्धी हुने भएका छन् ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार नेपाली फिल्म ‘लाटो कोसेरो’, ‘सरिता ११ वर्ष’ र ‘आमा खान्डो’ प्रतिष्पर्धी छन् ।

आयोजकले महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० फिल्म प्राप्त भएको जनाएको छ । महोत्सवको आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने फिल्ममध्येबाट ३१ देशका ६३ फिल्म महोत्सवको प्रतिष्पर्धीका रुपमा यसअघि नै छनोट भइसकेका छन् ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी रहेका फिल्ममा तीन फिल्म छनोटमा परेपछि अब निफमा ६६ फिल्म देखाइनेछन् ।

यी तीन फिल्ममध्येबाट एक उत्कृष्ट फिल्मले नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत एक लाख नगदसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउने छन ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराई अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशीको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ३ : ४५ बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित