राष्ट्रपतिबाट नेपालको नयाँ नक्सासहितको पदक वितरण « Khabarhub

राष्ट्रपतिबाट नेपालको नयाँ नक्सासहितको पदक वितरण


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महानुभावलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा मानपदवी, अलङ्कार र पदक गत चैत २७ गते वितरण गर्न बाँकी रहेका महानुभावलाई आज प्रदान गरिएको हो ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको नाम यसअघि सार्वजनिक भइसकेको छ ।

विसं २०७७ असोज ३ गते राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा उक्त वर्षको विभूषण घोषणा गरिएको थियो । विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।

विसं. २०७६ मा ४५० लाई विभूषण दिइने घोषणा भएकामा कोभिड १९ को प्रभावका कारण सो वर्ष समारोह गरिएको थिएन । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा भएको पदकमा लिपुलेक र कालापानीसहितको नेपालको वास्तविक नक्सा प्रयोग भएको छ।

गत चैत २७ गते गरिएको सुशोभन पदकमा नयाँ नक्सा नभएको भन्दै तीव्र आलोचना भएको थियो।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : २१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको