कोरोना संक्रमित बढेपछि महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यू | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यू


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको महाराष्ट्रमा आज (बुधवार)देखि कर्फ्यू जारी गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि आजदेखि लागूहुने गरि १५ दिनका लागि कर्फ्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् ।

मुख्यमन्त्री ठाकरेले महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिएपछि कर्फ्यु जारी गर्न बाध्य भएको बताए । कर्फ्यू अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन् ।

अस्पताल, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था लगायतका अत्यावश्क सेवाहरुहरु भने खुला रहने जनाइएको छ । पछिल्लो समय भारत कोरोनाको हटस्पट बन्दै गएको छ । त्यहाँ दैनिक एक लाख भन्दा बढी संक्रमित भेटिन थालेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : २० बजे

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको