नयाँ वर्षको पहिलो दिन पशुपतिनाथमा पाँच लाखले गरे दर्शन « Khabarhub

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथमा पाँच लाखले गरे दर्शन


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्ष २०७८ सालको पहिलो दिन आज पशुपतिनाथ मन्दिरलगायत देशभरका धार्मिक स्थलमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

बिहानैदेखि पशुपतिनाथमा दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिमा दर्शन गरेको उनले बताए ।

बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा १९७ जनाले रसिद काटेर विशेष पूजा गरेका छन् ।

दुई जना रसिद काटेर पनि पूजा गर्न नआएको कोषबाट पशुपतिनाथ मन्दिरभित्र खटिनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिए ।

एक जनाले रु ५६ हजार, चार जनाले रु ११ हजार, अन्य भक्तजनले रु पाँच हजार १००, रु दुई हजार १०० को रसिद काटेर पूजा गरेको कोषले जनाएको छ ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ ।

कोरोना महामारीका कारण गत वर्ष यी सबै मेला स्थगित गरिएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : २६ बजे

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं– बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ गतेका

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि