जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री गुरुङ अल्पमतमा | Khabarhub Khabarhub

जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री गुरुङ अल्पमतमा



पोखरा– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेकका छन् ।

गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएमा प्रस्तावको पक्षमा उभिने राष्ट्रिय जनमोर्चाले निर्णय गरेसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेका हुन् । नेकपा एमालेबाट निर्वाचित मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी ओलीबाट प्रतिनिधिसभा विघटन गरिँदा पनि संसद विघटनको पक्षमा रहेका थिए ।

‘प्रतिगमन’मा मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री ओलीलाई सघाएको आरोप लगाउँदै जनमोर्चाको सरकारको समर्थन फिर्ता लिएको जनाएको छ । अध्यक्ष केसीले समर्थन फिर्ता लिएको जानकारी गण्डकी प्रदेशसभालाई दिइसकेको जनाएका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेबाट २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी पार्टीका २ जना निर्वाचित भएका हुन् । जसमध्ये एमालेबाट निर्वाचित बाग्लुङका इन्द्रप्रसाद सापकोटा माधव नेपाल समूहमा छन् भने स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ एमालेमै प्रवेश गरेका थिए ।

जनमोर्चाको तर्फबाट आधिकारिक धारणा सार्वजनिक भएसँगै गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणको विषयले गति लिन सुरु गरेको छ ।

राष्ट्रिय जनमोर्चाले गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारको समर्थन नगर्ने भएपछि नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार गठन गर्न कस्सिएको छ ।

केही दिन अघिदेखि कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सत्तासमीकरण पहल गरेका थिए ।

१५ प्रदेश सदस्य रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता कृष्णचन्द्र नेपाली छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएमामा नेपलीको नेतृत्वमा नयाँ सरकार गठन गरिने कांग्रेस निकट स्रोतले बताएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड