चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२६ मा खहरेघारीबाट घादु्रकचोकतर्फ जाँदै गरेको ना४२प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर–२६ कै ४० वर्षीय दीपेन्द्र चौधरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार भरतपुर–२५ का २२ वर्षीय अमित महतो दुर्घटनामा घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै आज दिउँसो २ः५५ बजे रत्ननगर नगरपालिका–२ बेल्सिपुल नजिक भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।

ना३५प ६५०२ नम्बरको स्कुटरले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०३–००१ प २६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा२ख ४५२२ नम्बरको बसमा ठोक्किन पुगेको थियो ।

सो क्रममा स्कुटर र मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : १६ बजे

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका