देशप्रति जिम्मेवार रहन प्रदेश प्रमुख अधिकारीको आग्रह | Khabarhub Khabarhub

देशप्रति जिम्मेवार रहन प्रदेश प्रमुख अधिकारीको आग्रह


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले देशप्रति जिम्मेवार रहन सबैलाई आग्रह गरेका छन् ।

नव वर्ष–२०७८ को उपलक्ष्यमा प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले राष्ट्रप्रति जवाफदेही एवं जिम्मेवार भएर राष्ट्रिय मर्यादालाई कायम राखी समाजमा असल सन्देश प्रवाह गर्न सबैमा आग्रह गरेका हुन् ।

प्रदेश प्रमुख अधिकारीले मुलुक निर्माणको जिम्मेवारी हामी सबैको काँधमा रहेको उल्लेख गर्दै सकारात्मक सोचले अगाडि बढेमा राष्ट्र र समाज सबल एवं सक्षम हुने बताए ।

उनले कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका नेपालीप्रति दुःख व्यक्त गर्दै कोभिड–१९ नियन्त्रणमा सरकारले दिएको निर्देशन पालना गर्न सबैसँग आग्रह पनि गरे ।

प्रदेश प्रमुख अधिकारी वर्तमान पिँढीको ठूलो योगदानले निर्माण भएको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सफल कार्यान्वयनबाट मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उहाँले प्रदेश प्रमुखको कार्यालयद्वारा प्रकाशित विसं २०७८ को भित्तेपात्रोसमेत सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : ३४ बजे

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने