प्रदेश प्रमुख अहिराज ‘प्रबल जनसेवाश्री मानपदवी’बाट सम्मानित « Khabarhub

प्रदेश प्रमुख अहिराज ‘प्रबल जनसेवाश्री मानपदवी’बाट सम्मानित


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ प्रमुख डा. राजेश अहिराज प्रबल जनसेवाश्री चतुर्थ श्रेणी मानपदवीबाट सम्मानित भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख अहिराज सो मानपदवीबाट सम्मानित भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख अहिराजसहित राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी हुन् ।

प्रदेश प्रमुख अहिराजले यसअघि पनि राष्ट्रपति भण्डारीबाट सम्मान र पदवी ग्रहण गरिसकेका छन् ।

गत चैत २७ गते वितरण गर्न बाँकी रहेकाहरुलाई आज पदक प्रदान गरिएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

वि.सं २०७७ असोज ३ गते राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा उक्त वर्षको विभूषण घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ५१ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार