एकै ठाउँमा १८ हात्ती मृत फेला परे « Khabarhub

एकै ठाउँमा १८ हात्ती मृत फेला परे


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरपूर्वी भारतीय राज्य असमको जंगलमा एकै ठाउँमा १८ वटा हात्ती मृत फेला परेका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार हात्ती मृत फेला परेका हुन्। वन अधिकारीहरूले १४ वटा हात्ती एक ठाउँमा र ४ वटा अलि तल मृत भेटिएको बताएका छन्।

बुधबार राति परेको चट्याङका कारण यति ठूलो संख्यामा हात्ती मरेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपी हात्ती के कारणले मरे भन्ने कारण खुलेको छैन । अधिकारीहरूले पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने बताएका छन्।

मृत हात्तीको शुक्रबार पोस्टमार्टम हुँदैछ।

असमका मुख्यमन्त्री हिमान्ता विश्व शर्माले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै घटनाको छानबिन गरी आफूलाई प्रतिवेदन बुझाउन भनेका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ५० बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण