अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु « Khabarhub

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण पड्किँदा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रान्तीय सरकारी कार्यालयका अनुसार बाला खोग्यानी जिल्लामा मंगलबार बालबालिकाले खेल्ने क्रममा खेलौनाजस्तो वस्तु फेला पारेका थिए । उनीहरूले उक्त वस्तुसँग खेलिरहेका बेला विस्फोट हुँदा तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

विस्फोटमा एक बालक घाइते भएको र उनको उपचार भइरहेको जनाइएको छ ।

चार दशकभन्दा लामो युद्ध र नागरिक द्वन्द्वबाट प्रभावित अफगानिस्तानमा जमिनमुनि रहेका विस्फोटक उपकरण र बारुदी सुरुङका कारण अझै पनि सर्वसाधारण जोखिममा रहेको बताइएको छ । अफगानिस्तान विश्वका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक मानिन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ४ : ५७ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण