अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु « Khabarhub

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण पड्किँदा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रान्तीय सरकारी कार्यालयका अनुसार बाला खोग्यानी जिल्लामा मंगलबार बालबालिकाले खेल्ने क्रममा खेलौनाजस्तो वस्तु फेला पारेका थिए । उनीहरूले उक्त वस्तुसँग खेलिरहेका बेला विस्फोट हुँदा तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

विस्फोटमा एक बालक घाइते भएको र उनको उपचार भइरहेको जनाइएको छ ।

चार दशकभन्दा लामो युद्ध र नागरिक द्वन्द्वबाट प्रभावित अफगानिस्तानमा जमिनमुनि रहेका विस्फोटक उपकरण र बारुदी सुरुङका कारण अझै पनि सर्वसाधारण जोखिममा रहेको बताइएको छ । अफगानिस्तान विश्वका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक मानिन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ४ : ५७ बजे

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी