चिनियाँ नागरिकको भिसा थप गर्न पाकिस्तान सरकारको तयारी « Khabarhub

चिनियाँ नागरिकको भिसा थप गर्न पाकिस्तान सरकारको तयारी


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान सरकारले चिनियाँ नागरिकलाई दुई बर्ष भिसा म्याद थप गर्ने तयारी गरेको छ ।

चिनियाँ पाकिस्तान आर्थिक कोरिडोर परियोजनामा कार्यरत चिनियाँ कर्मचारीलाई दुई बर्ष भिसा म्याद थप गर्न लागिएको हो ।

आन्तरिक मन्त्रालयले चिनियाँ नागरिकहरुको भिसा म्याद लम्ब्याउन र संसद समितिमा निर्णय प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ ।

पाकिस्तान सरकारले चिनियाँ कर्मचारीको भिसा म्याद र परियोजना सम्पन्न हुने समयलाई एकै रुपमा स्वीकृती दिने योजना बनाएको बताइएको छ ।

जसले परियोजना पूरा नभएसम्म भिसा म्याद थपको कुनै आवश्यकता नपर्ने समाचारपत्र द ट्रिब्युन एक्प्रेसले जनाएको छ । पाकिस्तानमा चिनियाँ नागरिक व्यापारिक भिसामा आउने र सोही ठाउँमा नोकरी गर्ने भएकाले भिसा नवीकरण र स्वीकृतिमा समय लाग्ने बताइएको छ ।

यधपी, चिनियाँ नागरिकहरु व्यापारिक भिसामा पाकिस्तान आएर यहीँ नोकरी गर्नु भिसा नीतिको विपरित कार्य हो । सन् २०१९ मार्च देखि २०२१ सम्म करिब ६२ हजार चिनियाँ नागरिकहरुले पाकिस्तानी भिसाका लागि आवेदन दिएको र नौ हजार जनाले भिसा नवीकरणको आवेदन दिएको अध्यागमन विभागले जनाएको छ । स्रोत : याहु न्युज

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ५९ बजे

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक