चिनियाँ नागरिकको भिसा थप गर्न पाकिस्तान सरकारको तयारी « Khabarhub

चिनियाँ नागरिकको भिसा थप गर्न पाकिस्तान सरकारको तयारी


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान सरकारले चिनियाँ नागरिकलाई दुई बर्ष भिसा म्याद थप गर्ने तयारी गरेको छ ।

चिनियाँ पाकिस्तान आर्थिक कोरिडोर परियोजनामा कार्यरत चिनियाँ कर्मचारीलाई दुई बर्ष भिसा म्याद थप गर्न लागिएको हो ।

आन्तरिक मन्त्रालयले चिनियाँ नागरिकहरुको भिसा म्याद लम्ब्याउन र संसद समितिमा निर्णय प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ ।

पाकिस्तान सरकारले चिनियाँ कर्मचारीको भिसा म्याद र परियोजना सम्पन्न हुने समयलाई एकै रुपमा स्वीकृती दिने योजना बनाएको बताइएको छ ।

जसले परियोजना पूरा नभएसम्म भिसा म्याद थपको कुनै आवश्यकता नपर्ने समाचारपत्र द ट्रिब्युन एक्प्रेसले जनाएको छ । पाकिस्तानमा चिनियाँ नागरिक व्यापारिक भिसामा आउने र सोही ठाउँमा नोकरी गर्ने भएकाले भिसा नवीकरण र स्वीकृतिमा समय लाग्ने बताइएको छ ।

यधपी, चिनियाँ नागरिकहरु व्यापारिक भिसामा पाकिस्तान आएर यहीँ नोकरी गर्नु भिसा नीतिको विपरित कार्य हो । सन् २०१९ मार्च देखि २०२१ सम्म करिब ६२ हजार चिनियाँ नागरिकहरुले पाकिस्तानी भिसाका लागि आवेदन दिएको र नौ हजार जनाले भिसा नवीकरणको आवेदन दिएको अध्यागमन विभागले जनाएको छ । स्रोत : याहु न्युज

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ५९ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा