किन खाने फर्सी ? | Khabarhub Khabarhub

किन खाने फर्सी ?


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फर्सी धेरैलाई मन पर्ने तरकारी हो । हरियो वा वा पाकेको दुबै फर्सीको फरक फरक स्वाद हुन्छ । यसमा प्रसस्त मात्रामा भिटामिन र खनिज पाइन्छ ।

पोटासियम र बिटा क्यारोटिन प्रचुर मात्रामा पाइने फर्सीमा बिटा क्यारोटिन पाइन्छ । जो पछि भिटामिन एमा परिणत हुन्छ । यसमा क्याल्सियम र म्याग्नेसियमसहित भिटामिन ई, सी र भिटामिन बीका केही प्रकार पाइन्छ । दैनिक सय ग्राम फर्सी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनका फाइदाहरु निम्न छन् ।

१. फर्सीमा भिटामिन सी र ईसँगै बिटा क्यारोटिन पाइन्छ । यी पोषक तत्वहरुले छाला स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्दछ । रहन्छ ।

२. शरीरले प्राकृतिक रुपमा भिटामिन सी बनाउँदैन । त्यसैले फर्सीको सेवनबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ । जसले चोटपटक र घाउ निको पार्न सघाउँछ ।

३. फर्सीमा पाइने भिटामिन ई एक महत्वपूर्ण एन्टिअक्सिडेन्ट हो, जसले भिटामिन सीसँगै सक्रिय भएर घामले हाम्रो शरीरमा पार्ने नकारात्मक प्रभाव र छाला सुख्खा हुनबाट जोगाउँछ ।

४. फर्सीमा पाइने भिटामिन ए वा बिटा क्यारोटिनले पनि छालाको सुरक्षा गर्छ । घामका पराबैजनी किरणबाट जोगाउँछ । साथै यसले घामबाट हाम्रो शरीर डढ्नबाट बचाउँछ ।

५. यसमा पाइने भिटामिन एले दृष्टि क्षमता घटेका वा अन्धोपन हुने समस्याबाट बचाउँछ । फर्सीमा हुने बिटा क्यारोटिन, भिटामिन सी र ईले दृष्टि क्षमता जोगाउनुका साथै वृद्धावस्थामा पनि दृष्टि क्षमता कमजोर हुनबाट जोगाउँछ ।

६. मधुमेह, मोटोपन र उच्च रक्तचाप सबैलाई समग्रमा मेटाबोलिक सिन्ड्रोम भनिन्छ । जसमा फर्सीको सेवनले यी समस्याबाट जोगाउँछ ।

७. फर्सीको सेवनले रोग प्रतिरोध क्षमता बढाउन भुमिका खेल्दछ । साथै पाचनप्रणाली पनि राम्रो बनाउँछ ।

८. फर्सीमा पाइने क्यारोटिनोइड, भिटामिन ए र भिटामिन ईजस्ता एन्टिअक्सिडेन्टले स्तन क्यान्सरबाट जोगाउँछ । साथै फोक्सोको क्यान्सर घटाउन मद्दत गर्दछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ५६ बजे

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक

आज २०८२ साल कात्तिक ५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक