सर्लाहीको ईश्वरपुरमा सिकारी र प्रहरीबिच गोली हानाहान « Khabarhub

सर्लाहीको ईश्वरपुरमा सिकारी र प्रहरीबिच गोली हानाहान


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छाला काड्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

चार/पाँच जनाको समूहका रहेका सिकारीले जङ्गलबाट निलगाई मारी छाला काडिरहेको समयमा प्रहरीको गस्ती टोली पुगेपछि प्रहरीमाथि नै तीनचार राउण्ड हवाई फायरसमेत गरेका प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।

सिकारीले प्रहरीलाई देख्नासाथ प्रहरीमाथि गोली चलाउन थालेपछि प्रहरीले जवाफमा दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रहरीमाथि हवाई फायर गरी अन्य सिकारी भागे पनि ईश्वरपुर नपा–४ का अन्दाजी ५२ वर्षीय रणबहादुर गोलेलाई प्रहरीले तीन नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको छ ।

गोलेको साथबाट सो बन्दुकमा लाग्ने बारुद एक बट्टा, प्रदेश–२–०३२प २५२२ नंको मोटरसाइकल र बिआर३०यु ४६७७ नंको भारतीय मोटरसाइकलसमेत बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए ।

मारिएको निलगाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले सागरनाथ वन विकास परियोजनालाई जिम्मा लगाएको र फरारहरूको खोजी अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : ३५ बजे

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको

दुईदिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)

सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ

तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका