सर्लाहीको ईश्वरपुरमा सिकारी र प्रहरीबिच गोली हानाहान | Khabarhub Khabarhub

सर्लाहीको ईश्वरपुरमा सिकारी र प्रहरीबिच गोली हानाहान


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छाला काड्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

चार/पाँच जनाको समूहका रहेका सिकारीले जङ्गलबाट निलगाई मारी छाला काडिरहेको समयमा प्रहरीको गस्ती टोली पुगेपछि प्रहरीमाथि नै तीनचार राउण्ड हवाई फायरसमेत गरेका प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।

सिकारीले प्रहरीलाई देख्नासाथ प्रहरीमाथि गोली चलाउन थालेपछि प्रहरीले जवाफमा दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रहरीमाथि हवाई फायर गरी अन्य सिकारी भागे पनि ईश्वरपुर नपा–४ का अन्दाजी ५२ वर्षीय रणबहादुर गोलेलाई प्रहरीले तीन नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको छ ।

गोलेको साथबाट सो बन्दुकमा लाग्ने बारुद एक बट्टा, प्रदेश–२–०३२प २५२२ नंको मोटरसाइकल र बिआर३०यु ४६७७ नंको भारतीय मोटरसाइकलसमेत बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए ।

मारिएको निलगाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले सागरनाथ वन विकास परियोजनालाई जिम्मा लगाएको र फरारहरूको खोजी अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : ३५ बजे

कुलिङ पिरियड काण्डमा रामहरिलाई रास्वपाले भन्यो- राजीनामा दिनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन

रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ परे अदालबाट दोषी ठहर अर्थराज

विराटनगर- सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतलेसमेत थुनामै राख्न आदेश दिइएका

अमेरिकामा नयाँ ‘भिसा पाइलट प्रोजेक्ट लन्च’ पर्यटक र व्यवसायीले १५ हजार डलरसम्म जम्मा गर्नुपर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी भिजा नियमप्रति लगातार

प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठक निर्णय 

सुर्खेत– कर्णाली प्रदेशसभा चालू अधिवेशन बुधबार राती १२ बजेबाट अन्त्य

धराली गाउँ ३४ सेकेन्डमै तहसनहस, चार जनाको शव भेटियो, भारतीय सेनाका १० सहित ५० बढी अझै बेपत्ता

उत्तराखण्ड- उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा मंगलबार दिउँसो करिब आएको