इजरायल–प्यालेस्टाइन द्वन्द्वले विवादमा तानिइन् गडोट « Khabarhub

इजरायल–प्यालेस्टाइन द्वन्द्वले विवादमा तानिइन् गडोट


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– फिल्म ‘वन्डर वुमन’ अभिनेत्री गल गडोट इजरायल र गाजाबीच भएको तनावका बारेमा गरेको ट्वीटका कारण विवादमा तानिएकी छन् ।

बीबीसीका अनुसार यी इजरायली अभिनेत्री तथा पूर्व ‘मिस इजरायल’ले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका बारेमा ट्वीट गरेपछि आफ्नो देशमा शान्तिको कामना गरेकी थिइन् ।

‘म निकै दुःखी छु । यो एक दुश्चक्र हो, जुन निकै लामो समयदेखि चलिरहेको छ । इजरायललाई एक स्वतन्त्र र सुरक्षित राष्ट्रका रुपमा बाच्ने अधिकार छ । हाम्रो छिमेकीलाई पनि यो अधिकार छ । म पीडितहरु र उनीहरुको परिवारका लागि प्रार्थना गर्दछु । म यो अकल्पनीय शत्रुतालाई अन्त्य गर्न म मेरा नेतालाई प्रार्थना गर्दछु । यो समस्याको समाधान खोज्नलाई निवेदन गर्दछु । ताकि हामी काँधमा काँध मिलाएर शान्तिसँग बस्न सकौं’, उनले ट्वीटेकी छन् ।

उनको यो ट्वीटपछि ट्वीटर प्रयोगकर्ताले उनको खुलेर विरोध गरेका छन् । कट्टरपन्थी इस्लामीले गडोटको भनाईलाई नरसंहारको आरोप लगाएका छन् । केहीले उनको फिल्मलाई बहिस्कार गर्नसमेत माग गरेका छन् । कतिपयले उनलाई ‘हत्यारा’को आरोप पनि लगाएका छन् ।

गडोटले मोडलिङ र अभिनयमा पाइला चाल्नु अघि दुई वर्ष इजरायली डिफेन्स फोर्समा एक सैनिकका रुपमा काम गरेकी थिइन् ।

गडोट उनको फिल्म ‘वण्डर वुमन १९८४’बाट चर्चामा आएकी थिइन् । उनी चाँडै क्लियोपेट्राको बायोपिकमा देखिँदैछिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : ०० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार