प्रधानमन्त्रीलाई बधाई दिँदै वामदेव गौतमले भने–विवाद समाधान गर्न प्रारम्भिक संवाद शुरू भयो « Khabarhub

प्रधानमन्त्रीलाई बधाई दिँदै वामदेव गौतमले भने–विवाद समाधान गर्न प्रारम्भिक संवाद शुरू भयो


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्रको विवाद हल गर्न प्रारम्भिक संवाद शुरू भएको बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता गौतमले अब पार्टीलाई एक बनाएर अघि बढाउनुपर्ने बताएका छन् ।

उनले अब पार्टी एक भएर अघि बढ्नेमा आफू ढुक्क रहेको भन्दै पार्टी एकतालाई मजबुद बनाउन थालेको कदमका लागि धन‍्यवाद दिएका छन् ।

साथै नेता गौतमले देशको ४३ औँ प्रधानमन्त्री बन्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष कमरेड केपी शर्मा ओली र पार्टीका पूर्वमहासचिव कमरेड माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधान गर्न प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : १८ बजे

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको

दुईदिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)

सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ

तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका