ट्रमा सेन्टरका निर्देशकले भावुक हुँदै भने– पुलिसको दादागिरी चल्दो रहेछ, मेरो अस्पताल उनीहरुलाई नै जिम्मा लगाइदिनूस « Khabarhub

ट्रमा सेन्टरका निर्देशकले भावुक हुँदै भने– पुलिसको दादागिरी चल्दो रहेछ, मेरो अस्पताल उनीहरुलाई नै जिम्मा लगाइदिनूस


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर कोरोना माहामारी फैलिएको छ । अस्पतालहरु बिरामीले भरिएका छन् ।

अक्सिजन ग्यास, भेन्टिलेटरको अभाव भएको खबर जताततै सुनिन्छ ।

अक्सिजन अभाव भइरहेका बेला अक्सिजन कम्पनीले ट्रमा सेन्टरका लागि राखेको अक्सिजन ग्यास नेपाल प्रहरीले लगेपछि अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेलले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन् ।
उनले लेखेका छन्,

‘अत्यन्तै मर्माहित छु साथीहरु !
बिहीबार साँझ ५ः४९ बजे ।
आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो
‘सर, अक्सिजन सकिनै लाग्यो!’
‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४–४ घण्टामा दिने हैन र !
‘हो सर, तर ४ बजे आउनुपर्ने ग्यास अझै आएन । सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन ? अब १५ मिनेटलाई मात्र पुग्छ ।’
म कम्पनीलाई फोन गर्छु, ‘‘..जी खैत आज पनि त्यस्तै भो किन ? बिरामी त मर्छन् केहीबेरमा सप्लाई भएन भने त।’
‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त ?’
ऊ– सर हजुरहरुलाई राखेको अक्सिजन सिलिन्डर पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए ।
हामीले के भन्ने सर, जबरजस्ती गरेपछि !
म ट्वाँ ! (रिस र पीडाले रुन मात्र सकिन)
म; अब के हुन्छ ?
ऊः हैन सर १० वटा पठइदिहाल्छु ।
मः यार तपाई ! मानिसहरु भेन्टिलेटरमा छन्, अक्सिजन बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई ! ती मानिसको मृत्यु भएमा जिम्मेवार को ? तपाई कि म ! कि ती ‘ठूला पुलिस’ ?
ऊ– सर त्यो त म के भनुँ ।
निःशब्द !
त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ
र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू ?, बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस !
उताः ‘..यस्तै हो ..म बुझ्छु..!!
पीडा छ हजुर
जीवनमा डाक्टर भएँ !
मानव जीवनलाई माया गरेँ ।
आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु ,
मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर
हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु !’

डाक्टर पौडेलले सामाजिक सञ्जालमा राखेको पोस्ट पढ्नुहोस्

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  २ : ०४ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक