जुम्लाका लागि २५ सय क्विन्टल चामलको कोटा थप « Khabarhub

जुम्लाका लागि २५ सय क्विन्टल चामलको कोटा थप


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएको विभिन्न राष्ट्रिय सञ्चार माध्यममा समाचार प्रकाशनपछि थप कोटा स्वीकृत भएको छ ।

जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २५ सय क्विन्टल चामलको थप कोटा स्वीकृत गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारका अनुसार चामल अभावको गुनासोसँगै केन्द्रीय र प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत भएको हो । यसम्बन्धी सबै प्रक्रिया पूरा भएको छ । “अब १०/१५ दिनमै धनगढीबाट जुम्ला चामल आइपुग्छ”, शाखाका प्रमुख सुनारले भने, “प्रदेश कार्यालयसँग थप पाँच हजार र नेपालगञ्ज, बर्दिया, राजापुरबाट एक/एक हजार क्विन्टल चामल माग गरिएको छ । कोटा स्वीकृत हुन बाँकी छ । माग गरिएका सबै कोटा स्वीकृत भएपछि आउँदो दसैँ–तिहारमा पनि चामल अभाव हुने छैन ।”

नागरिकलाई कोरोना महामारीमा खाद्यको चामल अभाव नहोस् भनेर नै कम्पनीको जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित बिक्री गर्दै आएको खाद्य संस्थान व्यापार कम्पनी शाखा जुम्लाले जनाएको छ । जुम्लाको वार्षिक चामल कोटा पाँच हजार ६५० क्विन्टल हो । यसमध्ये नौ सय क्विन्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनु पर्दछ ।

जुम्लाका लागि चार हजार २५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले वर्षभरि चामल पुग्दैन । जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्याएको छ । दुई वटा डिपो गरी दुई हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख सुनारले बताए ।

जुम्लामा झन्डै २० हजार घरधुरीको एक लाख बढी जनसङ्ख्या छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्याङ्क छ । बाँकी छ महिना यहाँका स्थानीयवासी खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएका छन्  । –रासस

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  २ : २० बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले