प्रचण्ड र नेपालबीच संसद भवनमा भेटवार्ता, गोप्य कोठामा कुराकानी « Khabarhub

प्रचण्ड र नेपालबीच संसद भवनमा भेटवार्ता, गोप्य कोठामा कुराकानी


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने सन्दर्भमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

खोप लगाएर आराम गर्ने ठाउँमा एउटै समयमा पुगेका दुवै नेता केहीबेर गोप्य कोठामा बसेर कुराकानी गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सकेर प्रचण्ड नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए । नेपाल भने बिहानदेखि आफ्नो पक्षका नेताहरुसँगको बैठक सकेर खोप लगाउन संसद भवन पुगेका थिए ।

नेकपा एक हुँदासम्म ओलीविरुद्ध एक ठाउँमा उभिएका प्रचण्ड र नेपालबीच बिहीबारको घटनाक्रम पछि खटपट शुरू भएको आंकलन गरिएको छ । बहुमतको सरकार गठनमा नेपालले साथ नदिँदा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास विफल बनेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  २ : ४२ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी