महन्थ र नेपालले ओलीलाई सघाएको तीन दलको निष्कर्ष « Khabarhub

महन्थ र नेपालले ओलीलाई सघाएको तीन दलको निष्कर्ष


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले वैकल्पिक सरकार निर्माणमा भएका असफलताबारे समीक्षा गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितले राजनीतिक समीक्षा गरेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल समूह प्रधानमन्त्री केपी ओलीको निरन्तरताको कारक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

‘महन्थ र माधवजीको भूमिकाले ओलीलाई मद्दत पुगेको निष्कर्ष रह्यो । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा पनि सामान्य छलफल भयो’, बैठकमा सहभागी कांग्रेस नेताले भने ।

ती नेताका अनुसार ३ दलबीचको राजनीतिक संवाद र सहकार्य निरन्तर राख्न शीर्ष नेताहरू सकारात्मक भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : ३० बजे

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको