महन्थ र नेपालले ओलीलाई सघाएको तीन दलको निष्कर्ष « Khabarhub

महन्थ र नेपालले ओलीलाई सघाएको तीन दलको निष्कर्ष


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले वैकल्पिक सरकार निर्माणमा भएका असफलताबारे समीक्षा गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितले राजनीतिक समीक्षा गरेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल समूह प्रधानमन्त्री केपी ओलीको निरन्तरताको कारक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

‘महन्थ र माधवजीको भूमिकाले ओलीलाई मद्दत पुगेको निष्कर्ष रह्यो । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा पनि सामान्य छलफल भयो’, बैठकमा सहभागी कांग्रेस नेताले भने ।

ती नेताका अनुसार ३ दलबीचको राजनीतिक संवाद र सहकार्य निरन्तर राख्न शीर्ष नेताहरू सकारात्मक भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : ३० बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका