नेपाललाई तत्काल अमेरिकाले खोप उपलब्ध गराउनु पर्छ : सिनेटर एड मर्की « Khabarhub

नेपाललाई तत्काल अमेरिकाले खोप उपलब्ध गराउनु पर्छ : सिनेटर एड मर्की


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सिनेटर एड मर्कीले अमेरिकाले बचतमा रहेको खोप नेपाललाई तत्काल उपलब्ध गराउनु पर्ने र सहायतालाई वृद्धि गर्नु पर्नेमा जोड दिएका छन् ।

अमेरिकी संसदको नवीकरणीय ऊर्जा, जलवायु तथा आणविक सुरक्षा समितिका अध्यक्ष समेत रहेका मर्कीले नेपालसहित विश्वलाई उपलब्ध हुने गरी अमेरिकाले खोप उत्पादन गर्नुपर्ने बताएका हुन् ।

ट्वीटमार्फत उनले अमेरिकाले बचतमा रहेको खोप नेपाललाई तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख गरेका छन् । साथै उनले नेपाललाई गर्ने सहायतालाई अमेरिकाले अभिवृद्धि गर्नुपर्ने पनि जनाएका छन् ।

कोभिड-१९ को कारण नेपालमा मृत्यु भएकाको अवस्था हेरेर आफू स्तब्ध भएको उल्लेख गर्दै मर्कीले महामारीविरुद्ध नेपाललाई सहयोग गर्नुपर्ने खाँचो औंल्याएका हुन् ।

म्यासाचुसेट् राज्यका सांसद समेत रहेका मर्कीले पूर्वी एसिया र प्यासिफिकको अमेरिकी मामिला पनि हेर्छन् ।

नेपालको कोभिड संक्रमण अवस्थालाई लिएर बिहीबार अमेरिकी संसदको वैदेशिक मामिला समितिमा छलफल भएको थियो । उक्त छलफलमा सांसदहरुले नेपाललाई तत्काल आफ्ना नियोगबाट सहयोग गर्नुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : २५ बजे

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक