होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु « Khabarhub

होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिका–१ का ५० बर्षिय कोरोना सङ्क्रमित पुरुषको घरमै मृत्यु भयो । उनलाई विहीबार विहान मात्रै कोरोना सङ्क्रमण पुष्टी भएका उनको सोही दिन मृत्यु भएको हो ।

कोरोनाले ग्रसित भएपछि उनको आफन्तले परीक्षणका लागि स्वाँब लिन पहल गरेका थिए । गत आइतबार पनि काभ्रेपलाञ्चोकका दुई पुरुषको ‘होम आइसोलेशन’मै मृत्यु भयो । घरमै मृत्यु भएका दुवै पुरुष एकै वडाका हुन् ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)का अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ बर्षका दुई पुरुष रहेका छन् । ५८ बर्षिय पुरुषलाई शनिबार र अर्का २७ बर्षेलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरू भएयता होम आइसोलेशनमा मृत्यु भएको उक्त घटना जिल्लामै पहिलो हो । “होम आइसोलेशनमै मृत्यु हुनु निकै दुःखद घटना हो, होम आइसोलेशनमा रहेकाले स्वस्थ्य समस्या परे स्थानीय स्वास्थ्य शाखमार्फत तत्कालै खबर गर्नुपर्छ भन्दै आएका छौँ” केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले भने । उनका अनुसार सामान्य रुघाखोकी र ज्वरो भन्दै हेलचेक्र्याई गर्ने र स्वास्थ्य स्थिति बिग्रदै गएपछि अस्पताल आउने गर्दा कोरोना परीक्षणपछि उपचारसमेत शुरू गर्न नपाउँदै अस्पतालै मृत्यु हुने गरेका घटना पनि बढेका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएयता काभ्रेका कुल सङ्क्रमितमध्ये ९६ दशमलब १५ प्रतिशत अर्थात् एक हजार ५५८ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन् । काभ्रेपलाञ्चोकमा पछिल्लो २४ घण्टामा जिल्लामा थप १५६ मा कोरोना सङ्क्रमण पुष्टी भएको छ । अघिल्लो दिन हालसम्मको सबैभन्दा बढी १४६ मा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ३१ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक