जसपाको ठाकुर-महतो पक्षबाट मन्त्री बनेकालाई यादव पक्षले सोध्यो स्पष्टीकरण | Khabarhub Khabarhub

जसपाको ठाकुर-महतो पक्षबाट मन्त्री बनेकालाई यादव पक्षले सोध्यो स्पष्टीकरण


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण सोधेको छ ।

जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नं. ४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने जानकारी हुँदा हुँदै किन सरकारमा सामेल भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको छ ।

पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइएको छ ।

संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको, सरकारमा सहभागी भएको, नेता महतोलाई किन दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको जस्ता आरोप पनि मन्त्रीहरूलाई लगाइएको छ ।

जसपामा ठाकुर-महतो पक्षले ओलीलाई साथ दिँदै आएको छ भने यादव-भट्टराई पक्ष जसरी पनि ओली सरकार ढाल्नु पर्ने अडानमा छ । तर,ओलीले नै जसपाले उठाउँदै आएका माग पूरा गरेकाले उनलाई चुनावसम्म साथ दिने भन्दै ठाकुर-महतो पक्ष सरकारमा गएको छ ।

महतोको नेतृत्वमा सरकारमा गएको जसपाले उपप्रधानमन्त्रीसहित ९ मन्त्री र दुई राज्य मन्त्री पाएको छ । महतोले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालय पाएका छन् ।

यस्तै शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दा चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

जसपाबाटै चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी छन् ।

ओली सरकारलाई हेर्ने दृष्टिकोणले मतभेदमा पुगेको जसपाभित्र एकले अर्को पक्षलाई कारबाहीको शिलशिलामा पनि जारी छ । तर, निर्वाचन आयोगले भने दुवै पक्षले एक–अर्काविरुद्ध गरेको कारबाहीलाई मान्यता नदिने आइतबार निर्णय गरेको छ ।

आयोगले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै पुरा नै पदाधिकारी कायम रहने निर्णय सुनाएको हो ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ९ : ३० बजे

तुइन खोला पहिरो : यात्रुहरू शुक्रबारदेखि सडकमै अलपत्र, खुलाउने प्रयास जारी

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ का रेशम बादी पुर्ख्यौली

चोरी गरेका सामग्री तत्काल फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत

बागलुङको काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको

भोजपुरको टेम्केमैयुङमा केन्द्रीय विद्युत् विस्तार

भोजपुर– भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार