शेयर बजारमा नयाँ कीर्तिमान, नेप्सेले ३ हजार विन्दु नाघ्यो « Khabarhub

शेयर बजारमा नयाँ कीर्तिमान, नेप्सेले ३ हजार विन्दु नाघ्यो


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

कारोबार खुलेको केही मिनेटमा नै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । १ घण्टाको व्यापारमा ५४.९९ अंकले बढ्दै ३०३८.१० अंकमा कारोबार भइरहेको छ । अहिलेसम्मको ४ अर्ब ४८ करोड रूपैयाँको कारोबार भइसकेको छ ।

पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १ : ०१ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा