कांग्रेसको थप ६५ स्थानको क्रियाशील सदस्यता विवरण सार्वजनिक « Khabarhub

कांग्रेसको थप ६५ स्थानको क्रियाशील सदस्यता विवरण सार्वजनिक


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी सकेको छ ।

आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीउपर कुनै उजूरी, गुनासा वा सुझाव भएमा समितिमा उजूरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको उनले बताए । आगामी असार ६ गतेपछि प्राप्त भएका उजूरीउपर कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ ।

सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फका जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफूअन्तर्गतका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपि तथा आवश्यक विवरण एक हप्ताभित्र अनिवार्यरुपमा केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १ : ५५ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी