नयनराज पाण्डेको ‘जियरा’ बजारमा « Khabarhub

नयनराज पाण्डेको ‘जियरा’ बजारमा


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड संक्रमणको संख्या बढेपछि पुस्तक सार्वजनिक भएको थिएन ।

असार १ देखि सरकारले बिहान ११ बजेसम्म पुस्तक पसल सञ्चालन गर्न दिने निर्णय गरेपछि प्रकाशक फाइन प्रिन्टले ‘जियरा’ बजारमा ल्याएको हो । यस संग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ वटा लामा कथा समावेश छन् ।

‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु । त्यसमा म कति सफल भएँ, त्यो जान्न म व्यग्र प्रतीक्षामा छु ।’

मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको संग्र्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन शैली भत्काउँदै कथावाचनको पृथक र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउँछन् ।

लेखकले आफ्ना पात्रलाई दुःखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ‘एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् । पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन् ।

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए । ‘मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ,’ उनले भने ।

पुस्तकको मूल्य ४७५ रुपैयाँ छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  २ : १५ बजे

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति