निशालाई आँचल र शिवको सहयोग « Khabarhub

निशालाई आँचल र शिवको सहयोग


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई अभिनेत्री आँचल शर्मा र गायक शिव परियारले सहयोग गरेका छन् ।

निशालाई अभिनेत्री शर्माले एक लाख रुपैंयाँ र गायक परियारले १० हजार रुपैंयाँ सहयोग गरेका हुन् । अभिनेत्री आँचलले हिजो आइतबार अस्पताल पुगी निशालाई भेटेकी थिइन् ।

निशासँगको भेटमा निशाका पितालाई आफूले पनि केही आर्थिक सहयोग गर्न चाहेको बताएपछि सोमबार उनले सहयोग गरेकी हुन् ।

गायक शिवले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले निशालाई १० हजार सहयोग गरेको जनाएका छन् ।

निशा तीन वर्ष अघि भारतको देहरादुनमा सडक दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ३ : ०० बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा