विद्युतीय गाडीको पूर्वाधार विकास र सेवा विस्तारमा हुन्डाई नेपाल « Khabarhub

विद्युतीय गाडीको पूर्वाधार विकास र सेवा विस्तारमा हुन्डाई नेपाल


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीको पूर्वाधार विकास र सेवा विस्तारलाई अगाडि बढाउने भएको छ ।

कम्पनीले विद्युतीय गाडीको कर घटाउने सरकारको निर्णयको स्वागत गर्दै बजार विस्तार गर्न थालेको हो । नेपालमा हाल हुन्डाईका विद्युतीय कारमा कोनका र आइकोनिक दुई मोडल छन् । कम्पनीले राजस्व घटेपछि विद्युतीय गाडीमा उपभोक्ता आकर्षित हुने जनाउँदै इभी बेच्न चार्जिङ स्टेसनमा ठूलो लगानी गर्ने बताएको छ । कम्पनीले नेपालका विभिन्न २१ ठाउँमा चार्जिङ प्वाइन्ट स्थापना गरेको छ भने ती प्वाइन्टमा हुन्डाईका गाडीले निःशुल्क चार्ज गर्ने सुविधा पाउनेछन् ।

अटो मोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय क्षेत्रमा आफ्ना ईभी गाडीको बिक्री बढ्ने अपेक्षा गरेको छ ।

सरकारले विद्युतीय गाडीमा कर घटाएकाले हुन्डाईका विद्युतीय गाडीको शुल्क पनि घटेको कम्पनीले बताएको छ ।

एलआई अटो सर्भिस कुपन्डोल, एलआई क्विक्स तिनकुने, लबिम मल पुल्चोक, न्यू शिवा सर्भिस सिनामंगल, हुन्डाई सेल्स नक्साल, हुन्डाई सेल्स थापाथली, बाराही सर्भिस सेन्टर पोखरा, विन्ध्या सर्भिस सेन्टर पोखरा, पोखरा ग्रान्ड होटल, जगत मोटर्स भैरहवा, सिद्धिविनायक सर्भिस बुटवल, न्यू राइडर सर्भिस दाङमा कम्पनीका चार्जिङ प्वाइन्ट रहेका छन् ।

यस्तै, एचआइएम इन्टरकन्टिनेन्टल नेपालगञ्ज, दिनेश फोर ह्विल धनगढी, अर्किड मोटोकर्प वीरगञ्ज, रोयल अटो वल्र्ड विराटनगर, पाथिभरा अटो लिंक इटहरी, पिनाकल सर्भिस भरतपुर र एलाइन्स मोटर्स बिर्तामोडमा कम्पनीका चार्जिङ प्वाइन्ट छन् । राजस्व घटेपछि हुन्डाई कोनका सय किलोवाट ब्याट्री भएको मूल्य ५६ लाख ९६ हजार र कोनका १ सय ५० किलोवाट ब्याट्री भएको गाडीको ७१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको आइकोनिक एक सय किलोवाट ब्याट्री भएको गाडीको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ पर्छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ४ : ३९ बजे

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत