‘मेरी संगिनी’ परिवार योजना एप शुरु « Khabarhub

‘मेरी संगिनी’ परिवार योजना एप शुरु


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सीआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी संगिनी’ नामक मोबाइल एप शुरु गरेको छ।

अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरुकोबारे बिस्तृत जानकारी दिने उदेस्यले मेरी संगिनी मोबाइल एप सुरु गरिएको छ।

मेरी संगिनीबाट प्रदान गरिएको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धी तथा सो साधनको प्रयोगबाट पर्न जाने साधारण प्रतिअसरहरुको समेत जानकारी प्रजनन उमेरको जो कोहीलाई अति उपयोगी हुने भएता पनि बिशेष गरि किशोर तथा किशोरी एवम् नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहने नेपाल सीआरएस कम्पनीले जानकारी दिएको छ।

एपमा भएको ‘प्रायः सोधिने प्रश्नहरु’ खण्डले परिवार योजनाका अस्थायी तथा छोटो अवधिका साधन प्रयोगकर्ताहरुलाई अझ बिस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सूसुचित छनौट गर्न मदत गर्ने छ।

साथै एपमा आफू नजिकैको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध हुने हुँदा आफू नजिकैको तालिम प्राप्त र दक्ष सेवा केन्द्रबाट आफूलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मदत गर्ने छ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा नाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुँच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थायी गर्वनिरोधक साधनबारे छनौट गर्न सहयोग पुर्याउने बताए।

साथै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियाले यो एपले परिवार योजना र यससम्बन्धी विषयमा बिस्तृत जानकारी सजिलोसँग हासिल गर्न मद्दत हुने बताइन्।

नेपाल सीआरएस कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठूलो भूमिका रहेको र प्रयोगकर्ता माझ सहि र अद्यावधिक सूचनाको पहुँच बढाउनमा सञ्चार प्रविधिको ठूलो महत्व रहेको बताए। साथै यस एप मार्फत सेवा प्रयोगकर्तालाई सेवा प्रदायकसँग सजिलै जोड्न सक्ने सम्भावना भएको हुँदा सेवाग्राहीहरुलाई सेवाको पहुँच बढाई परिवार योजना सेवाको अपरिपुर्त माग घटाउन समेत मदद्दत पुग्ने जनाए।

मेरी संगिनी एप, युएसएआईडीको आर्थिक एवं सप्स प्लसको प्राविधिक सहयोगका तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको समन्वयमा नेपाल सीआरएस कम्पनीद्वारा निर्माण गरिएको हो।

नेपाल सीआरएस कम्पनीले सामाजिक बजारीकरणको सिद्धान्त अनुसार बिगत चार दशकभन्दा अघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको बिक्री वितरण तथा व्यवहार परिवर्तन सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सो कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन्। नेपाल सीआरएसद्वारा वितरित गरिएका केही प्रतिष्ठित ब्राण्ड ढाल, प्यान्थर, संगिनी तिन महिने सुइ, निलोकन व्हाइट, सुनौलो गुलाफ, नव जीवन तथा आकस्मिक गर्भ निरोधक चक्की ईकोन रहेका छन्।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  २ : ३८ बजे

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद