माओवादी नेता पाण्डेयको हत्या उनकै श्रीमतीको योजनामा ! « Khabarhub

माओवादी नेता पाण्डेयको हत्या उनकै श्रीमतीको योजनामा !



कपिलवस्तु– जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयलाई गोली प्रहार गरी हत्या गरेको र हतियार बेचेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ।

जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली प्रहारपछि घाइते भएका पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । पाण्डेयसहित तीन जना मोटरसाइकलमा सवार भई तौलिहवा फर्किदै गर्दा उनीहरु माथी गोली प्रहार भएको थियो ।

प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर–१ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सोको म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरिएको छ । त्यसैगरी हत्यामा संलग्न कपिलवस्तु नगरपालिका–२ बस्ने साकिर अलि पखिया र उनले प्रयोग गरेको कटुवा पेस्तोलसहित २ थान गोली तथा कपिलवस्तु नगरपालिका वडा नम्बर–२ घर भई वडा नम्बर–६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र उनले वारदातमा प्रयोग गरेको स्वचालित पेस्तोल, म्याग्जिन तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

प्रहरीले साकिर अलि पखियाले हत्या गर्न प्रयोग गरेको कटुवा पेस्तोल लुकाउन सहयोग गर्ने कपिलवस्तु नगरपालिका–१ का पूर्णवीर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको छ । घटनामा संलग्नता रहेका ओम प्रकाश यादवसँग अनैतिक सम्बन्ध रहेकै कारण पाण्डेयकी श्रीमती महिमा पाण्डेयको मुख्य योजनामा दीपकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

महिमाकै मुख्य योजनामा पती पाण्डेयको हत्या भएको अनुसन्धानबाट खुलेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले पाण्डेयको हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग गरेका ६ जनालाई पनि पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर–२ बरदहवाका सद्दाम हुसेन खान, सोही वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका–४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर–५ का श्रीराम कुर्मी, वडा नम्बर–१ मस्जिदटोलका नरसत अलि छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ६ : १५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको