माओवादी नेता पाण्डेयको हत्या उनकै श्रीमतीको योजनामा ! « Khabarhub

माओवादी नेता पाण्डेयको हत्या उनकै श्रीमतीको योजनामा !



कपिलवस्तु– जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयलाई गोली प्रहार गरी हत्या गरेको र हतियार बेचेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ।

जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली प्रहारपछि घाइते भएका पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । पाण्डेयसहित तीन जना मोटरसाइकलमा सवार भई तौलिहवा फर्किदै गर्दा उनीहरु माथी गोली प्रहार भएको थियो ।

प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर–१ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सोको म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरिएको छ । त्यसैगरी हत्यामा संलग्न कपिलवस्तु नगरपालिका–२ बस्ने साकिर अलि पखिया र उनले प्रयोग गरेको कटुवा पेस्तोलसहित २ थान गोली तथा कपिलवस्तु नगरपालिका वडा नम्बर–२ घर भई वडा नम्बर–६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र उनले वारदातमा प्रयोग गरेको स्वचालित पेस्तोल, म्याग्जिन तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

प्रहरीले साकिर अलि पखियाले हत्या गर्न प्रयोग गरेको कटुवा पेस्तोल लुकाउन सहयोग गर्ने कपिलवस्तु नगरपालिका–१ का पूर्णवीर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको छ । घटनामा संलग्नता रहेका ओम प्रकाश यादवसँग अनैतिक सम्बन्ध रहेकै कारण पाण्डेयकी श्रीमती महिमा पाण्डेयको मुख्य योजनामा दीपकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

महिमाकै मुख्य योजनामा पती पाण्डेयको हत्या भएको अनुसन्धानबाट खुलेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले पाण्डेयको हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग गरेका ६ जनालाई पनि पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर–२ बरदहवाका सद्दाम हुसेन खान, सोही वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका–४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर–५ का श्रीराम कुर्मी, वडा नम्बर–१ मस्जिदटोलका नरसत अलि छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ६ : १५ बजे

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ– घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ