राखेपद्वारा गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेमाथि कानूनबमोजिम कारबाही गर्न माग | Khabarhub Khabarhub

राखेपद्वारा गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेमाथि कानूनबमोजिम कारबाही गर्न माग


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य सचिव रमेश सिलवालका सम्बन्धमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले ‘अराजक एवं अशिष्ट’ अभिव्यक्ति दिएको भन्दै खेद प्रकट गरेको छ ।

राखेपले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङले सदस्य–सचिव सिलवाल र परिषद्का सदस्य राजेश गुरुङको नाम लिएर अत्यन्त अमर्यादित, अशोभनीय, लाञ्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको जनाएको छ ।

परिषदले मन्त्री गुरुङको अभिव्यक्तिको भर्त्सना गर्दै उनीमाथि प्रचलित कानून बमोजिम कारबाहीको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं मन्त्रीबाट बाहिर आउनु आफैँमा खेदजनक रहेको छ ।’

विज्ञप्तिमा खेलकुदको विकास र विस्तारमा अनवरत लागिरहेका सदस्य–सचिव सिलवाल र सदस्य राजेश गुरुङमाथि यस्तो अभिव्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको महसुस भएको उल्लेख गरिएको छ ।

राखेपले मन्त्री गुरुङबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिव्यक्तिको राखेपले भत्र्सना एवं निन्दा गरेको छ । राखेपले गुरुङको अभिव्यक्तिले नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गरेको छ ।

मन्त्री गुरुङले पत्रकारहरूसँग कुरा गर्दै राखेपका सदस्य सचिव सिलवालबारे मदिरा र यौनसम्बन्धी टिप्पणी गरेका थिए ।

मन्त्री गुरुङले सिलवालका लागि ‘रक्सी र केटी’ को व्यवस्था मिलाउने काम ‘मोटे’ले गरेको आरोप लगाएका थिए ।

यसो भनेका थिए मन्त्री गुरुङले-

….. सिलवाल र मोटे जत्तिका ठग मान्छे त मैले देखेकै छैन, उनीहरुको सम्बन्ध राम्रो छ । सिलवाल यहाँ आउने, मोज गर्ने । सिलवाल भनेको रक्सी र केटी भनेपछि पागल हुने । मान्छेले भन्न अप्ठ्यारो मान्ला तर के गर्ने विचरा । अब सायद त्यस्को घरमा स्वास्नी राम्रो छैन होला । प्रोबलम त होला । यो फेरि हाँस्ने कुरा होइन यो । यो फ्याक्ट नै हो । …..

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : ५७ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर