विश्व रक्तदाता दिवस : ११ जिल्लामा रक्तदान | Khabarhub Khabarhub

विश्व रक्तदाता दिवस : ११ जिल्लामा रक्तदान


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजका आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो । प्रत्येक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाइन्छ ।

गोकर्णेश्वर नगरपालिका– ७ दक्षिण ढोकास्थित शान्ति बाटिकामा काठमाडौँ शाखाले आयोजना गरेको कार्यक्रममा २७ जनाले रक्तदान गरे । नवलपरासी वर्दघाट सुस्ता पश्चिम शाखाद्वारा बर्दघाटमा आयोजित कार्यक्रममा शाखा सभापति सन्तोष अधिकारी क्षेत्रीसहित १८ जनाले र सिरहा शाखाद्वारा लाहानमा आयोजित रक्तदान कार्यक्रममा शाखा सचिव इन्द्रनारायण चौधरी र सदस्य पानालाल दाससहित १५ जनाले रक्तदान गरे ।

रौतहट शाखाद्वारा चन्द्रपुरमा आयोजित रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य गणेश पौडेलसहित १६ जनाले रक्तदान गरेका थिए । नुवाकोट शाखाद्वारा विदुरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति नारायण श्रेष्ठसहित आठ जनाले रक्तदान गरे । यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा डा रेखा रेग्मीसहित २० जनाले र चितवन शाखाद्वारा रक्तदाता दिवसकै अवसरमा आयोजित कार्यक्रममा छ जनाले रक्तदान गरेका छन् ।

ललितपुर शाखा र एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा ललितपुरको नखिपोटमा आयोजित रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरे । रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा रुपन्देहीको वुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मीना ढकाल, शाखा सदस्य कृष्णप्रसाद पाण्डेसहित २४ जनाले रक्तदान गरे । कपिलवस्तु शाखा र नेपाल रेडक्रस सोसाइटी वाणगङ्गा उपशाखाको संयुक्त आयोजनामा वाणगङ्गामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गरेका छन् ।

पर्सा शाखा र युवा समाज वीरगञ्जको आयोजनामा वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रम समाजका सभापति प्रेम पटेल, उप सभापति जिनुमाया मानन्धर, सचिव सुनिन्द्र ठाकुर, सदस्य मृतुञ्जय वर्णवाल, बिमल अग्रवाल लगायत ५२ जनाले रक्तदान गरे ।

दाङ शाखाले लामो समयदेखि रक्तदान गर्दै आएका व्यक्ति र सङ्घ संस्थाको सहभागितामा रक्तदान जीवनदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ९ : १५ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर