देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, सरकारविरुद्ध दृढ भएर उभिने संकल्प « Khabarhub

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, सरकारविरुद्ध दृढ भएर उभिने संकल्प


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार साँझ तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको नेता नेपालको सचिवालय स्रोतले जानकारी दिएको छ ।

यसैगरी संविधान र लोकतन्त्रको रक्षाका लागि भएको सहकार्य थप मजबुत बनाउने विषयमा छलफल भएको छ ।

प्रदेशदेखि संघसम्म नै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने विषयमा समेत कुराकानी भएको स्रोतले जनाएको छ ।

भेटवार्ताका लागि कांग्रेस सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए ।

देउवा पुगेको केही समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि नेपाल निवासमा पुगेका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १० : ३६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना