भोजनः को सँग गर्ने को सँग नगर्ने ? | Khabarhub Khabarhub

भोजनः को सँग गर्ने को सँग नगर्ने ?



आधुनिक स्वास्थ्य विज्ञानमा भोजन को सँग, कहिले, कहाँ, किन र कुन परिस्थितिमा गरिएको हो भन्ने विषयको खासै महत्व नभए पनि प्राच्य स्वास्थ्य विज्ञानमा यी कुराहरुको ठूलो महत्व छ ।

  • दीर्घ जीवन र राम्रो स्वास्थ्य चाहनेहरुले सकभर बाहिरको खानु हुँदैन । परिवारमै खानु पर्दछ । परिवारमा खाना खाँदा आत्मियता बढ्दछ । परिवारमा खाना खाँदा खाना पनि शुद्ध एवम् स्वस्थकर खान पाइन्छ ।
  • खानाखाँदा सकभर आफ्ना प्रिय एवम् हितैषी व्यक्तिहरुको साथ भए राम्रो हो । हितैषि व्यक्तिहरुसँग खाना खाँदा मन प्रफुल्ल रहन्छ ।
  • आफ्ना नानीबाबुहरुसँग भोजन गर्नाले बच्चा र अभिभावकबीचको सम्बन्ध प्रगाढ हुँदै जाने र नानीबाबु आफ्नो अ‍ैचामै रहने छन् ।
  • भोजन खुल्ला, सार्वजनिक वा धेरै मान्छेहरु आवत जावत गर्ने ठाउँमा गर्नु हुँदैन । यसो गर्दा अतृप्त व्यक्तिहरुको नजर लाग्न सक्दछ । सम्भव भए सम्म भोजन पर्दाको पछाडि नै गर्नु राम्रो हो ।
  • सम्भव भएसम्म आफ्नो आमाले पकाएको खानु आमाबाट नभए पत्निले पकाएको खानु, पत्नी नभएकाहरुले दिदीबहिनीहरुले पकाएको खानु यसरी खान सम्भव नहुनेहरुले आफ्नो वृतिधर्म पालन गरेको सात्वीक महिलाले पकाएको खानु ।
  • आफुभन्दा ज्येष्ठ ज्ञानी, आदरणीय व्यक्तिसँग खाना खाने सुअवसर प्राप्त भए कहिल्यै नछोड्नु ।
  • कसैले प्रेमपूर्वक प्रदान गरेको खाना कहिल्यै नफर्काउनु । मिठो, नमिठो, जे जस्तो भएपनि ग्रहण गर्नु ।
  • उभ्यिएर कहिले नखानु, उभ्यिएर खाँदा सवास्थ्यमा प्रतिकूल प्रभाव पर्दछ । उभिदा पेटको पाइलोरीक स्फिनक्टर हल्का खुल्ने हुँदा खाना नपची सिधै सानो आन्द्रामा प्रवेश गर्ने हुँदा विभिन्न किसिमका रोगहरु उत्पन्न गराउँदछ ।
  • अतिथि देवो भव भन्ने नीति वाक्यको अनुरुप आप्mना घरमा आएका पाहुनालाई सर्वप्रथम खुवाउनु ।
  • संक्रमित व्यक्तिसँग कहिल्यै भोजन नगर्नु । यस्ता व्यक्तिसँग भोजन गर्दा उसको रोग सर्ने खतरा रहन्छ ।
  • ईष्यालु, लोभी, घमण्डी, क्रुर एवम् कामुक व्यक्तिसँग कहिल्यै भोजन नगर्नु । यी व्यक्तिसँग भोजन गर्दा उनीहरुको गुण आफुमा प्रसारित रहने खतरा रहन्छ ।
  • लोलोपोतो गर्ने कप्टी एवम् बनावटीसँग पनि सँगै भोजन गर्नु हुँदैन ।
  • कुटील जाली, फटाहा एवम् दयाहिन व्यक्तिसँग भोजन गर्दा पनि शरीरमा व्याधि बढ्छ ।
  • खराब वृति भएका व्यक्तिसँग पनि शास्त्रले भोजन गर्न निषेध गरेको छ ।
  • दिनचर्या ठिक नभएको व्यक्तिसँग पनि भोजन गर्नु हुँदैन ।
  • स्नान नगर्ने खानु पूर्व हातखुट्टा नधुने, दिशा पिसाब गरिसकेपछि हात नधुने व्यक्तिसँग पनि खाना खानु शास्त्रले निर्देशनविरुद्ध हुन जान्छ ।
  • कहीँ कतै धेरै जनाको माझमा भोजन गर्नु पर्ने स्थिति आयो भने भोजन सबैलाई बाँडेर खानु पर्दछ ।
  • साथमा भएका व्यक्तिहरुलाई नबाँडीकन खाँदा सँगै बसेकाहरुको नजर लाग्न सक्छ ।
  • खाना खान सबै एक साथ बसेर खाना खाँदा खाना ग्रहण गर्नु पूर्व सँगै भोजन गरिरहेकाहरुलाई लिए है हजुर भनेर अनुमति लिएर मात्र खाना खानु पर्दछ ।
  • भ्रष्ट व्यक्तिहरुसँगै बसेर खाना खानु हुँदैन । यसो गर्दा हाम्रो पनि मति भ्रष्ट हुन्छ ।

लेखक भरतपुर, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : ५५ बजे

हमास सकारात्मक भएपछि गाजामा युद्ध विरामको सम्भावना

गाजा – पहिलो दिन नै ८ बन्दी रिहा हुने प्रस्ताव

काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान

हेडलाइन– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या

एसिसी यु-१६ कप फाइनल : सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल, दोस्रो बलमै लियो पहिलो विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

रामेछाप– आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी