पूर्वराष्ट्रपति जुमाको समर्थनमा भएको प्रदर्शनमा ४५ जनाको मृत्यु « Khabarhub

पूर्वराष्ट्रपति जुमाको समर्थनमा भएको प्रदर्शनमा ४५ जनाको मृत्यु


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकब जुमाको समर्थनमा भएको प्रदर्शनका क्रममा ४५ जनाको मृत्यु भएको छ । मारिनेमा १० जना लुटपाटमा संलग्नहरु छन् ।

गत बिहीबारदेखि जारी प्रदर्शनले हिजो हिंसात्मक रुप लिएपछि ४५ जनाको मृत्यु भएको हो ।

प्रदर्शनकाबीच शहरका बिभिन्न शपिङ मलहरुमा लुटपाट हुन थालेपछी हालै परिचालन गरिएको सेना र प्रहरीले प्रदर्शनकारी र लुटेरा समुहमाथि गोली प्रहार गरेको बुझिएको छ ।

घटनामा सयभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकै क्रममा ८ सय जनालाई हिरासतमा लिइएको छ ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका हजारौं प्रदर्शनकारीहरुले यातायात सेवा र ब्यापार ब्यबसाय ठप्प पारी प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारीहरुले पूर्वराष्ट्रपति जुमाका रिहाइ नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएको छ ।

यसैबीच, राष्ट्रपति सिरिल रामाफोसाले दक्षिण अफ्रिकामा सन् १९९० पछि भएको ठुलो हिंसात्मक घटनाको रुपमा ब्याख्या गर्दै स्थिति यस्तै रहे देशमा आपतकाल लागु गरिने चेतावनी दिएका छन् ।

पुर्वराष्ट्रपति जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि जुमालाई अदालतमा उपस्थित हुन आदेश दिईएको थियो ।

तर आदलतको आदेश नमानेपछि उनलाई अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि जुमा आफैं प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका हुन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : ५३ बजे

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन