पूर्वराष्ट्रपति जुमाको समर्थनमा भएको प्रदर्शनमा ४५ जनाको मृत्यु | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति जुमाको समर्थनमा भएको प्रदर्शनमा ४५ जनाको मृत्यु


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकब जुमाको समर्थनमा भएको प्रदर्शनका क्रममा ४५ जनाको मृत्यु भएको छ । मारिनेमा १० जना लुटपाटमा संलग्नहरु छन् ।

गत बिहीबारदेखि जारी प्रदर्शनले हिजो हिंसात्मक रुप लिएपछि ४५ जनाको मृत्यु भएको हो ।

प्रदर्शनकाबीच शहरका बिभिन्न शपिङ मलहरुमा लुटपाट हुन थालेपछी हालै परिचालन गरिएको सेना र प्रहरीले प्रदर्शनकारी र लुटेरा समुहमाथि गोली प्रहार गरेको बुझिएको छ ।

घटनामा सयभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकै क्रममा ८ सय जनालाई हिरासतमा लिइएको छ ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका हजारौं प्रदर्शनकारीहरुले यातायात सेवा र ब्यापार ब्यबसाय ठप्प पारी प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारीहरुले पूर्वराष्ट्रपति जुमाका रिहाइ नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएको छ ।

यसैबीच, राष्ट्रपति सिरिल रामाफोसाले दक्षिण अफ्रिकामा सन् १९९० पछि भएको ठुलो हिंसात्मक घटनाको रुपमा ब्याख्या गर्दै स्थिति यस्तै रहे देशमा आपतकाल लागु गरिने चेतावनी दिएका छन् ।

पुर्वराष्ट्रपति जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि जुमालाई अदालतमा उपस्थित हुन आदेश दिईएको थियो ।

तर आदलतको आदेश नमानेपछि उनलाई अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि जुमा आफैं प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका हुन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : ५३ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार