दक्षिण अफ्रिकामा भड्कियो दंगा, ७२ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकामा भड्कियो दंगा, ७२ जनाको मृत्यु


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल परेपछि दक्षिण अफ्रिकामा भड्किएको दंगामा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

हिंसा बढेपछि देशका विभिन्न भागमा सेना परिचालन भए पनि जुमा समर्थकको प्रदर्शन र लुटपाट रोकिएको छैन ।

सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति लुटपाटका क्रममा भएको भागदौडमा १० जनाको मृत्यु भएको छ ।  भुइँतलामा रहेको पसलमा लुटपाटको क्रममा आगजनी भएपछि डुर्बानको एक घरको माथिल्लो तलबाट शिशु फालिँएको बीबीसीले जनाएको छ । भीडमा रहेकाहरुले समातेपछि शिशुको उद्धार गरेका थिए ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाइएको थिएन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ५५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार