काठमाडौँमा तरकारीको मूल्य दोब्बर, उपभोक्ता मारमा « Khabarhub

काठमाडौँमा तरकारीको मूल्य दोब्बर, उपभोक्ता मारमा


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँमा तरकारीको मूल्य दोब्बर भएको छ । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुँदा र वर्षातमा उत्पादन घट्दा तरकारी आपूर्ति कम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ । लकडाउन केही खुकुलो भएसँगै महंगी बढेपछि उपभोक्ता मारमा परेका छन् ।

गएको जेठ महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै अहिले बोडी र सिमीको भाउ बढेको छ ।

काठमाडौँको मुख्य थोक बजार कालीमाटीमा यी तरकारीको मूल्य थोक एक सय रुपैयाँको हाराहारीमा पुगेको छ ।

समितिकाको मूल्य सूचीअनुसार आज राज्मा सिमी किलोको ११० देखि १२० रुपैयाँ छ भने घिउसिमी किलोको ८० देखि ९० रुपैयाँ थोक मूल्य तोकिएको छ । यो भाउ खुद्रा बजारमा अझ दोब्बरले बढी हुन्छ । त्यस्तै काउली सय रुपैयाँ प्रतिकिलो, कागती १ सय ३० रुपैयाँ प्रतिकिलो, हरियो अकबरे खुर्सानी ३ सय ५० रुपैयाँ प्रतिकिलो, हरियो खुर्सानाी १ सय २० रुपैयाँ प्रतिकिलो रहेको छ ।

त्यस्तै गाजर प्रतिकिलो १ सय २०, गोलभेँडा प्रतिकिलो ३०, घिउ सिमी प्रतिकिलो ९०, तितेकरेला प्रतिकिलो ९०, पालुगो साग प्रतिकिलो ९०, बन्दा प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो ८०, ब्राकाउली प्रतिकिलो १ सय ५०, लौका प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।

कोरोनाको जोखिमका कारण अहिले काठमाडौँ उपत्यकाका प्राय: सबै विद्यालय बन्द छन् ।

विद्यालयका होस्टेल तथा क्यान्टिन तथा होटल र रेस्टुरेन्ट पनि प्राय बन्द हुँदा तरकारीको माग त्यति धेरै छैन । बजारमा अहिले दैनिक ६ सयदेखि सात सय मेट्रिक टन तरकारी पनि भित्रिरहेको छ । तर, पनि मूल्य भने बढ्दै गएको छ ।

बर्खाको समय भएकाले तरकारीको मूल्य बढेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउछन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १ : ५३ बजे

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको