लिदी पहिरोबाट विस्थापितलाई १ वर्षपछि अस्थायी आवास निर्माण « Khabarhub

लिदी पहिरोबाट विस्थापितलाई १ वर्षपछि अस्थायी आवास निर्माण


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वर्ष सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोले विस्थापित भएका परिवारलाई अस्थायी बासस्थान निर्माण गरिएको छ ।

अस्थायी रुपमा पालमा बसोबास गर्दै आईरहेका २८ परिवार तथा विपद् जोखिममा रहेका अन्य घरपरिवारलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ जुगल गाउँपालिका तथा नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइको सहयोगमा बासखर्क ईलाकामा नेपाली सेनाले आफ्नो दक्ष जनशक्ति प्रयोग गरी १३ वटा अस्थायी बासस्थान निर्माण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट स्थानीयवासीहरूको सहभागितामा नेपाली सेनाबाट निर्माण कार्य सम्पन्‍न गराउन अनुरोध भएअनुरुप यही असार १६ गतेबाट नेपाली सेनाको श्री गोरखबक्स गणबाट ५१ जनाको टोली (दक्ष जनशक्तिसहित) उक्त स्थानमा परिचालित छ ।

४५ वटा अस्थायी घर बनाउने योजना रहेको उक्त परियोजनाको लागि आवश्यक पर्ने सम्पुर्ण निर्माण सामग्री जुगल गाउँपालिकाले उपलब्ध गराएको छ भने नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइले प्राबिधिक सहयोग उपलब्ध गराएको छ ।

उपलब्ध हुनुका साथै सैनिक र नागरिकबीचको सम्बन्ध थप सुदृढीकरण हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै