सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतसम्म वृद्धि « Khabarhub

सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतसम्म वृद्धि


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालबाहक सवारी साधनको भाडादर बढाएको छ ।

यातायात व्यवस्था विभागले बुधवार सूचना जारी गर्दै यात्रुवाहक सवारीको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो ।

सार्वजनिक यातायातका सवारीहरुको भाडादर विभागको मिति २०७८/०३/२९ को निर्णयअनुसार सोही मितिदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि यथावत राखी इन्धनलाई मात्रा आधार मानी भाडा समायोजन गरिएको विभागले जारी गरेको सूचनामा जनाइएको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको बताएको छ । नयाँ भाडादर असार २९ गतेबाट लागू गरिएको विभागले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, हसकट्टी र सञ्चालन मुनाफा लगायतका मूख्य सूचकहरु हेरेर भाडा बढेको बताइएको छ ।

उनले नेपालको संविधान २०७२ को अनुसूची ५ को बुँदा नम्बर २० र अनुसूची ९ को बुँदा नम्बर १५ का आधारमा सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१०) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यायायात रुटमा सञ्चालन हुने) भाडादर समायोजन गरिएको जनाइएको छ ।

यस्तो छ सूचना

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ४ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै