ओलीको गृहनगरमा  प्रधानन्यायाधीशविरुद्ध जुलुश (फोटोफिचर) « Khabarhub

ओलीको गृहनगरमा  प्रधानन्यायाधीशविरुद्ध जुलुश (फोटोफिचर)



झापा– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा सर्वोच्च अदालतको आदेशविरुद्ध जुलुश प्रदर्शन भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध एमालेका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई बहिर्गमन गराउने गरी भएको सो आदेशका विरुद्ध एमालेका नेता कार्यकर्ताले ओलीको पक्षमा प्रदर्शन गरेका हुन् ।

दमकको गणतन्त्र चोकमा भेला भएका एमाले कार्यकर्ताहरुले अदालतको आदेशविरुद्ध जुलुश निकाल्दै ओलीका पक्षमा नारा लगाएका छन् । उक्त जुलुशले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा एमाले कार्यकर्ता, स्थानीय नेता, एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिलगायतको सहभागीता थियो ।

उनीहरुले आफ्नै पार्टीको सरकार ढाल्न र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न अगुवाई गरेका आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल तथा उनीसम्वद्ध खेमा प्रति तीव्र आक्रोश पोखेका छन् ।

प्रधानन्यायाधीशको पुत्ला दहन

सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिका बीच भएको जुलुश प्रदर्शनमा एमाले कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पुत्ला पनि दहन गरेका छन् ।

नागरिकको अभिमतलाई अवमूल्यन गर्ने गरी आदेश दिएको भन्दै उनीहरुले न्यायालय प्रमुखको पुत्ला दहन गरेका हुन् । एमाले कार्यकर्ताले पुत्लामा आगो लगाए लगत्तै सुरक्षाकर्मीले हस्तक्षेप गरी निभाएका थिए ।

यसअघि नयाँ सरकार गठनमा आबद्ध गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतले संयुक्त रुपमा सर्वोच्चको फैसलाको स्वागत गर्दै प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा सहभागीहरुले सर्वोच्चको आदेशबाट लोकतन्त्रको रक्षा भएको भन्दै न्यायालय प्रति धन्यवाद पनि दिएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : १३ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका