ओलीको गृहनगरमा  प्रधानन्यायाधीशविरुद्ध जुलुश (फोटोफिचर) « Khabarhub

ओलीको गृहनगरमा  प्रधानन्यायाधीशविरुद्ध जुलुश (फोटोफिचर)



झापा– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा सर्वोच्च अदालतको आदेशविरुद्ध जुलुश प्रदर्शन भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध एमालेका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई बहिर्गमन गराउने गरी भएको सो आदेशका विरुद्ध एमालेका नेता कार्यकर्ताले ओलीको पक्षमा प्रदर्शन गरेका हुन् ।

दमकको गणतन्त्र चोकमा भेला भएका एमाले कार्यकर्ताहरुले अदालतको आदेशविरुद्ध जुलुश निकाल्दै ओलीका पक्षमा नारा लगाएका छन् । उक्त जुलुशले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा एमाले कार्यकर्ता, स्थानीय नेता, एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिलगायतको सहभागीता थियो ।

उनीहरुले आफ्नै पार्टीको सरकार ढाल्न र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न अगुवाई गरेका आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल तथा उनीसम्वद्ध खेमा प्रति तीव्र आक्रोश पोखेका छन् ।

प्रधानन्यायाधीशको पुत्ला दहन

सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिका बीच भएको जुलुश प्रदर्शनमा एमाले कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पुत्ला पनि दहन गरेका छन् ।

नागरिकको अभिमतलाई अवमूल्यन गर्ने गरी आदेश दिएको भन्दै उनीहरुले न्यायालय प्रमुखको पुत्ला दहन गरेका हुन् । एमाले कार्यकर्ताले पुत्लामा आगो लगाए लगत्तै सुरक्षाकर्मीले हस्तक्षेप गरी निभाएका थिए ।

यसअघि नयाँ सरकार गठनमा आबद्ध गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतले संयुक्त रुपमा सर्वोच्चको फैसलाको स्वागत गर्दै प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा सहभागीहरुले सर्वोच्चको आदेशबाट लोकतन्त्रको रक्षा भएको भन्दै न्यायालय प्रति धन्यवाद पनि दिएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : १३ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक