एआईजीहरूको सरूवा रोक्न गृहमन्त्रीको निर्देशन « Khabarhub

एआईजीहरूको सरूवा रोक्न गृहमन्त्रीको निर्देशन


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले केपी ओली नेतृत्वको सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा रोकेको छ ।

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ ।

ओली नेतृत्वको असार २४ गते भएको मन्त्रिपरिषदको बैठकले एआईजीहरुको सरुवा गर्ने निर्णय गरेको थियो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल, उनका ब्याची प्रद्युम्न कार्की, अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल र प्रशासन विभागका निरजबहादुर शाहीलाई सरूवा गरिएको थियो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : १३ बजे

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड

टीकापुर– टीकापुर नगरपालिकाले १९औँ नगरभाले आगामी आर्थिक वर्ष २०८३/८४ को

दिउँसो दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा