अवैध रुपमा सालको काठ चिरान गरिरहेको अवस्थामा नौ जना पक्राउ « Khabarhub

अवैध रुपमा सालको काठ चिरान गरिरहेको अवस्थामा नौ जना पक्राउ


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको कानेपोखरी गाउँपालिका – ६ देधापस्थित डाँस खोला किनारबाट ६२ क्युफिट सालको गोलिया तस्करी गर्दैगर्दा नौ जना पक्राउ परेका छन् ।

अवैध रुपमा काट्न प्रतिबन्धित सालको काठसहित नौ जनालाई सशस्त्र प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय बिशाल विष्ट, २५ वर्षीय दुर्गा भुजेल, २९ वर्षीय सन्तकुमार राई, ३० वर्षीय भरत भुजेल, ३५ वर्षीय बीरजंग राई, ३८ वर्षीय बालकृष्ण भुजेल, ३८ वर्षीय सूर्य राई, ४५ वर्षीय हस्तबहादुर सुवेदी र ४७ वर्षीय मोतिमान श्रेष्ठ छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल सुरक्षा बेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरी टोलीले सालको गोलिया काठ चिरान गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि ग्रामिण सुधार सामुदायिक वन कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : ४७ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट