प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ : नेता केसी « Khabarhub

प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ : नेता केसी


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताएका छन् ।

मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाउँदै काँग्रेस केन्द्रीय कार्यालयमा चार दिनदेखि धर्नामा बसेका नेता तथा कार्यकर्तालाई आज भेटेर उनले पार्टीले तय गरेको प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्नेमा जोड दिएका हुन् ।

“प्रक्रियाविपरीत दिइएका क्रियाशील सदस्यतालाई १५औँ महाधिवेशनमा सम्बोधन गर्नेगरी अहिले १३औँ महाधिवेशनका क्रियाशील सदस्यतालाई आधार मानेर अगाडि बढ्नुपर्छ”, नेता केसीले भने ।

पार्टीका पूर्वसांसद रामअयोध्या यादवको नेतृत्वमा छ बुँदे माग राखेर चार दिनदेखि बाराका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् । उनीहरुले पार्टीमा छलफल नै नगरी दर्ता गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, पुरानो क्रियाशील सदस्यतालाई नवीकरण गर्नुपर्ने, विधानअनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नुपर्ने, वडा समितिको सिफारिसविना दिइएका क्रियाशील सदस्यता खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिले काम गरिरहेको अवस्थामा उनीहरु धर्नामा बसेका हुन । काँग्रेसको आगामी महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता पार्टी केन्द्रीय कार्यालयको वेबसाइटमा दर्ता भइसकेका छन् ।

काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ३० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको