६७ करोड राजस्व छली गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

६७ करोड राजस्व छली गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी रु ६७ करोड बराबरको राजस्व छली  गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

सर्लाहीको मनिराज सप्लायर्सका प्रोप्राइटर राजदेवी तथा उक्त फार्मको मुख्य कारोवार गर्ने व्यक्ति राजाराम महतोले रु ४१ करोड ५१ लाख बढी बिगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

उनीहरुले मालवस्तु खरीद तथा आयात नगरी, झुटा खरीद देखाइ विभिन्न फार्मलाई बिक्री बीजक मात्र जारी गरेको पाइएको छ । उक्त फार्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको भ्याट सरकारी कोषमा दाखिला नगरेको पाइएको र विभिन्न फार्मलाई नक्कली एवं नक्कली बीजक उपलब्ध गराई जालसाजी गरी भ्याट र आयकरसमेत छली गरेको विभागको दाबी छ ।

अनुसन्धानमा भ्याटतर्फ रु १५ करोड ८४ लाख र आयकरतर्फ २५ करोड ६७ लाख गरी कूल रु ४१ करोड ५१ लाख ३१ हजार राजस्व चुहावट गरेको खुलेको छ ।

यसैबीच नक्कली बीजक प्रयोग गरी राजस्व छली गर्ने रौतहटको शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्सका मुख्य कारोवारी ओमप्रकाश सिंहले रु २५ करोड ३५ लाख ४१ हजार बिगो बराबरको राजस्व छली गरेको आरोपमा आजै मुद्दा चलाइएको छ ।

उक्त बिगो असुल गरी जरिवाना र कैद मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उनले पनि मालवस्तु खरीद तथा आयात नगरी, विभिन्न फार्मबाट नक्कली बीजक लिई आयकर र भ्याट छली गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै